रोटरी क्लब सिलगढी मिडटाउन र इनरव्हिल क्लब मिडटाउनको तर्फबाट गणतन्त्र दिवस पालन

Untitled-19-1024x576.jpg

सिलगढी: रोटरी क्लब सिलगढी मिडटाउन र इनरव्हिल क्लब मिडटाउनको तर्फबाट नौकाघाटको नीमतला गाउँमा ७५औँ गणतन्त्र दिवस मनाइयो। नीमतला गाउँमा गणतन्त्र दिवसमा ध्वजारोहण गरेपछि नानीहरू तथा ठुलाहरूलाई बिस्कुट, खाद्य सामग्री तथा भोजन वितरण गरियो। यस अवसरमा सिलगढी मिडटाउन रोटरी क्लबका अध्यक्ष मनोज शर्मा, सुनील अग्रवाल, प्रवीण अग्रवाल, संजय गोयल, सुनील ठाकुर, इनरव्हिल क्लब सिलगढी मिडटाउनका सदस्यहरूमा रिङ्कु अग्रवाल, बिनिता अग्रवाल, रीमा अग्रवाल, ज्योति अग्रवाल लगायत अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement