बाइक चोरी गर्ने गुटका २ जना सदस्य पक्राउ

सिलगढी: बाइक चोरी गर्ने गुटका २ जना युवकलाई एसओजीले पक्राउ गरेको छ। आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गर्यो। पक्रा पर्नेहरू क्रमैले अनिल साह (२५) र राजेश सिङ्घो (२६) सामेल छन्। एसओजी ले दिएको जानकारीअनुसार, क्रेता बनेर एसओजीले चोरी गरेको बाइक किन्ने बहानामा तिनीहरूसित सम्पर्क गरेपछि २ वटा बाइक किन्ने कुरा फाइनल गरे। यसपछि उक्त गुटका २ जना सदस्य अनिल साह र राजेश सिङ्घोले कुचबिहारबाट २ वटा बाइक लिएर सिलगढीको मतिगढा आइपुगेपछि एसओजीको टोलीले तिनीहरूसित बाइकको कागजपत्र माग्दा सो देखाउन नसकेपछि ती दुईजना युवकलाई पक्राउ गरेर मतिगढा थाना पुलिसलाई सुम्पिदिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *