सिलगढी: ७५औँ गणतन्त्र दिवसको अवसरमा आज एनजेपी रेलवे अस्पताल मोड टोटो स्ट्यान्ड कमिटीको तर्फबाट कम्बल वितरण गरियो।कमिटीका सचिव मंगल साहा, लिटन साहा कार्यकारी कमिटीका सदस्य पप्पा चौधरी लगायत अन्यले ५० जना आवश्यकमन्दहरूलाई जाडोको मौसममा राहत दिलाउने उद्देश्यले कम्बल वितरण गरे। यसको साथै करातेको माध्यमद्वारा आफ्नो बचाउ कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराए।








