२४ किलो ओजनको हात्ती दाँतको साथ दुईजना पक्राउ

जलपाईगढ़ी: बैकुण्ठपुर डिवीजनको बेलाकोबा रेञ्जका वन कर्मीहरूले बुधवार राति २४ किलो ओजनको दुई हात्ती दाँतको साथ अलीपुरद्वार र जलपाईगढ़ी जिल्ला निवासी गोविन्दा प्रधान र विकास लामा नामकाे दुई व्यक्तिलाई पक्राउ गरेको छ।

बिहीवार बेलाकोबा रेञ्जका रेञ्जर संजय दत्तले जानकारी गराए, गुप्त सूचनाको आधारमा बुधवार राति उदलाबाड़ी क्षेत्रमा अभियान चलाइयो। यस अवधिमा बाइक सवार दुई जनालाई रोकेर तलाशी लिइयो। तलाशी लिएको समय एउटा ब्यागबाट दुई हात्ती दाँत उद्धार गरियो। जसपछि दुवैलाई पक्राउ गरियो। सोधपुछमा दुवैले बताए कि असमबाट हात्ती दाँत ल्याइएको थियो, जसलाई नेपालमा बेच्नुथियो। वन विभाग अघिको कारबाहीमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement