मालबजारः कथाकार तथा कवि अबीर खालिङको तेस्रो कथासङ्ग्रह ‘ विस्थापन ’ विमोचन भइरहेको छ। उक्त कथासङ्ग्रह आगामी २८ जनवरीको दिन डुवर्स नेपाली साहित्य विकास समितिको पुरस्कार अलङ्करण समारोह जयगाउँ समाज कल्याण भवनमा विमोचन हुने भएको छ। भारतीय नेपाली साहित्यमा अबीर खालिङ एकजना संशक्त कवि तथा कथाकार हुन्। शोभाकान्ति थेगिम स्मृति पुरस्कार-२०२३ ले पुरस्कृत कथाकार खालिङको अहिलेसम्म ‘प्रतिशोध एउटा तिरस्कारको’ (बालोपन्यास-१९८२), ‘बालुवाको पहाड’ (कथा सङग्रह-१९८७), अबीरानुभूति (कविता सङ्ग्रह-१९९५), अक्षर- उत्सव (कविता सङ्ग्रह-२००७), दार्जिलिङ : मेटामर्फोसिस् (कथा सङ्ग्रह-२०१९) प्रकाशित छ भने डुवर्स क्लिपिङ्ग्स (कविता सङ्ग्रह) प्रकाशोन्मुख रहेको छ।