गान्तोक: फुटबल डेभलपमेन्ट प्रालि, सिक्किम प्रिमियर लिग (एसपीएल) का प्रवर्द्धकहरू, को कार्यकारी सदस्यहरूले आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई मिन्तोकगाङस्थित उनको सरकारी आवासमा भेट गरेका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमा दिएका छन्।
एसपीएलको सिजन १ को उत्कृष्ट सफलताको आधारमा आगामी दोस्रो सिजनले सबै अपेक्षाहरू पार गर्नेछ, जसले फुटबल उत्साही र समर्थकहरूका लागि अझ बढी मनोरञ्जनात्मक खेलहरूको प्रतिज्ञा गर्नेछ भनी मुख्यमन्त्रीले बताएका छन्।
यस अवसरमा मुख्यमन्त्रीको बाहुलीद्वारा प्रतियोगिताको आधिकारिक व्यापारिक सामानहरू अनावरण गरियो। उनले प्रतियोगिताको सफलताको निम्ति हार्दिक शुभकामना व्यक्त गर्दै यसले खेलकुद विकासको क्षेत्रमा महत्त्वपूर्ण स्थान बनाउने र भोलिका प्रतिभाहरूको पालनपोषण गर्न जारी राख्ने बताएका छन्।









