पद्मश्री पुरस्कारको निम्ति छनौट भएकोमा मुख्यमन्त्रीले दिए जोर्डन लेप्चालाई बधाई

sikkim-artisan-lepcha_202401284488.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले जोर्डन लेप्चालाई कला (क्राफ्ट-बेम्बो) को विधामा प्रतिष्ठित पद्मश्री पुरस्कारको निम्ति नाम छनौट भएकोमा हार्दिक बधाई दिएका छन्।

मुख्यमन्त्रीले लेप्चालाई उनको आगामी कार्यमा दिगो सफलता र आनन्दको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरेका छन्।

मंगन निवासी समर्पित बाँस शिल्पकारले परम्परागत टोपी बुन्ने र बाँसको शिल्पकलामा विशेषज्ञता हासिल गर्दै साढे दुई दशकको समर्पित शिल्पकला मार्फत लेप्चा जनजातिको सांस्कृतिक र परम्पराको संरक्षण गर्दै आइरहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *