पोकलोक कामराङमा ७५औं गणतन्त्र दिवस पालन

IMG-20230410-WA0169-11-300x172-7

नाम्ची: नाम्ची जिल्लाको वोक ओम्चुमा आज ७५औं गणतन्त्र दिवस भव्यताको साथ पालन गरियो। मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा भूतपूर्व सचिव केवल शर्मा विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए।

मुख्य अतिथिको बाहुलीबाट राष्ट्रिय ध्वज फहराएपछि राष्ट्रगानसँगै शुरु गरिएको कार्यक्रममा फूटबल खेल र विविध रंगारंग कार्यक्रमहरू प्रस्तुत गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले क्षेत्रवासीलाई मुख्यमन्त्रीद्वारा पठाइएको सन्देश सुनाए। उनले भारत देशको परतन्त्रदेखि गणतन्त्रसम्मको इतिहासको स्मरण गरे। हिजो मात्र समाप्त भएको तीन दिवसीय राज्य स्तरीय पञ्चायत सम्मेलनमा मुख्यमन्त्री तामाङले गाउँको तृणमूल स्तरको पञ्चायतसम्ममा प्रजातन्त्र सुदृढ़ हुनपर्ने भन्ने विचार पोखेको कुरा खालिङले जानकारी गराए।

राज्यमा वितरण गरिएका सहुलियतका कुराहरू गरीबहरूले उपभोग गर्नु पाउनुपर्ने मुख्यमन्त्रीको विचारलाई उल्लेख गर्दै यसको निम्ति प्रशासनिकदेखि सबै नेतृत्व अनि कार्यकर्ताहरूले निष्ठापूर्वक पहल गर्नुपर्ने उनले आह्वान गरे। उनले पोकलोक कामराङका जनता २०१९ यता भाग्यमानी रहेको विचार पोख्दै गरीब जनताले २५ वर्षमा अनुभव गर्न नपाएका कुराहरू २०१९ यता क्षेत्र विधायक साथै मुख्यमन्त्री प्रेमसिंह तामाङको पहलमा धेरै समस्या समाधान गरिएको दाबी गरे। आउँदो दिनहरूमा यहाँ अझ धेरै विकासका कार्यहरू हुने उनले विश्वास दिलाए।

एसकेएम पार्टीको पहिलो कार्यकालमा जति विकास भएको छ त्यो केवल विकासको कास्टिङ रहेको उनले बताए। यो सबै शुरुआत मात्र भएको मुख्यमन्त्रीको भनाइलाई उल्लेख गर्दै “मर्निङ सोज् द डे’ भनेजस्तै एसकेएम सरकार गरीबलाई हेर्ने, कर्मचारी हेर्ने अनि काम गर्ने सरकार हो भनेर प्रष्ट भइसकेको उनले बताए। सोझो लक्ष्य राखेर इमान्दारितापूर्वक कार्य गरे लक्ष्य हासिल हुन्छ नै भन्ने उनले विचार पोखे। यसरी नै देखावटी कहिल्यै दीर्घमियादी नरहने उनले आफ्नो अनुभव साझा गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *