राजधानीमा पालन गरियो ७५औं गणतन्त्र दिवस

n577760500170627846018780caaca0452dbb2825d04216bad7d0436fbe2f70e043c6c49f7b4635607375ef.jpg

शिक्षा विकासको सबै भन्दा ठूलो मुलभूत आधार होः राज्यपाल

गान्तोक: राजधानीस्थित पाल्जर स्टेडियममा आज ७५औं गणतन्त्र दिवस राज्यस्तरीयरूपमा पालन गरियो। यस अवसरमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिकोरूपमा उपस्थित रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपालले सिक्किम सानो राज्य भए तापनि विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गरेकोमा प्रशंसा गरे। विशेष गरेर वर्तमान सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय कार्य गरेकोमा उनले खुशी प्रकट गरे। शिक्षा विकासको सबै भन्दा मूलभूत आधार रहेको हुनाले सिक्किम सरकारले शिक्षालाई प्राथमिकता दिएको बताए। यसरी नै कृषि क्षेत्रमा पनि सिक्किम राज्यले दिन प्रतिदिन प्रगति गर्दै आएको छ भनी बताए।

यसरी नै राज्यभरि एक हजार मेघा होमस्टे निर्माणको प्रक्रिया चलिरहेको र यी सबै होमस्टेहरू भोटिया, नेपाली र लेप्चा जातिको पारम्पारिक ढाँचामा निर्माण गरिने पनि उनले अवगत गराए। सोही प्रकारले राज्य सरकारले सिक्किम गरीब आवास योजना अन्तर्गत तीन हजारवटा घर निर्माण गरेर गरीबहरूलाई प्रदान गरेको बताए। सरकारले राज्यको विभिन्न अस्पतालहरूमा आधुनिक मशिन जडान गरेर हाल यहाँ मानिसहरूले राज्य बाहिरको जस्तै उपचार पाइरहेको पनि राज्यपालले अवगत गराए।

आजको यस कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गरे वापत पदक प्रदान गरियो, जस्तै पुलिस मेडल, स्टेट मेरिटोरियस सर्विस पुरस्कार र मुख्यमन्त्री व्रेबरी पुरस्कार सामेल रहेको छ। सोही प्रकारले १७औं माउन्टन डिभिजन, इन्डियान एयर फोर्स, आईटीबीपी, बीआरओ, एनएचआइडीसीएल र इन्डिया मेट्रोलोजी विभागलाई प्रशंसा पत्र राज्यपाल र मुख्यमन्त्रीको बाहुलीबाट प्रदान गरियो। यस कार्यक्रम अन्तर्गत आज पञ्जाब, असम, महाराष्ट्र, कलकत्ता आदिका टोलीले नृत्य प्रस्तुत गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *