चोर धरो जेल भरो नारासितै पार्थ च्याटर्जीको पुतला दहन

कालचिनी: तृणमूल चोरको दल हो चोर धरो जेल भरो भन्दै आज भाजपा ८ नम्बर मण्डल कमिटीको पक्षबाट कालचिनीमा एउटा विक्षोभ ऱ्यालीको आयोजना गरिएको थियो। उक्त ऱ्याली कालचिनी राङ्गामाटी रोडस्थित भाजपा ८ नम्बर मण्डल कार्यालयबाट शुरु भएर कालचिनी चौपति हुँदै हेमिल्टनगञ्जसम्म पुगेर पुनः कालचिनी चौपतिमा आएर राज्यको शिल्प मन्त्री तथा तृणमूल महासचिव पार्थ च्याटर्जीको पुतला दहन गर्दै समापन गरिएको थियो।
उक्त विक्षोभ ऱ्यालीमा कालचिनी विधायक विशाल लामा लगायत भाजपा ८ नम्बर मण्डल सभापति उत्तम लामा, भाजपा कालचिनी विधानसभा संयोजक आलोक मित्र, भाजपा जिल्ला नेता राजेश बारला, प्रदिप कुजूर, तोफिल सोरेङ, धर्मपाल केरकेट्टा, भाजपा महिला मोर्चा नेत्री कविता केरकेट्टा युवा मोर्चा नेता नारायण मगर, राज राई, आसबीर लामा एवम् अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो।
लगातार इन्फोर्समेन्ट डिटेक्टिभ विभागद्वारा जारी अभियानमा मन्त्री पार्थ च्याटर्जीलाई पक्राउ गरिनुको साथै करोड़ौँ करौड़ौँ रुपियाँ बरामद भइरहेको र यी जम्मै रुपियाँहरू एसएससी र पीएससीको नियुक्तिमा धाँधली गरेर लुकाई राखेको रकम रहेको र यसमा तृणमूलको जम्मै मन्त्रीहरु संलिप्त रहेकोले सबैलाई पक्राउ गर्ने भाजपा नेताहरूले दाबी गरेका छनू।
प्रतिवादको क्रममा चोर धरो जेल भरो आदि नाराले आज कालचिनी क्षेत्रमा भाजपाको हुँकार सुनिएको थियो भने भाजपा नेताहरूले अब तृणमूल सत्ताच्युत हुन आँटेको र यसको निम्ति २०२६ पर्खिनु नपर्ने यही केही दिनभित्रै तृणमूलको विदाई हुने दाबी समेत गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement