बिनय मोड इलाकामा सफाई अभियान

16-49-01-Capture2-16.png

सिलगढीः एकजना नानी डेङ्गुले सङ्क्रमित भएको समाचार प्रकाशमा आएको छ। उक्त नानी सिलगढी नगर निगमको ३६ नम्बर वार्ड अन्तर्गत विनय मोडका हुन्।
प्राप्त जानकारीअनुसार तिनी गत एक सप्ताहदेखि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा चिकित्साधिन छन्। उक्त घटनापछि आज बिहान बिनय मोड इलाकामा सफाई अभियान चलाइयो। यस अवधि नालीहरूको पनि सफाई गरियो। यसैगरी नगर निगमको तर्फबाट मच्छरहरूको रोकथाम गर्नको लागि मानिसहरूको घरको साथै सम्पूर्ण वार्डभरिमै आज स्प्रे गरियो। यसबारे वार्ड पार्षद रञ्जन शील शर्माले भने, डेङ्गुबाट बाँच्नको लागि नगर निगमको तर्फबाट वार्डमा उचित उपाय गरिँदैछ। मानिसहरूको घर-घरमा सर्वे टीम पठाइँदैछ भने इलाकामा पानी जमिने ठाउँहरूमा पनि विशेष ध्यान दिइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement