पर्यटकहरूलाई सुगाहरूले गाली गर्न थाले

Parrot.jpg

प्रशिक्षण प्राप्त सुगाहरूले प्रायः मानिसहरूका शब्दहरू दोहोऱ्याउने गर्छन्। तर यदि तिनीहरूले धेरै सिके भने समस्या हुनसक्छ। हालै इंग्ल्याण्डको लिंकनशायर वाइल्डलाइफ पार्कमा यस्तै घटना भएको छ। त्यहाँ पार्कले आफ्ना सुगालाई अत्याधिक गाली गर्नबाट रोक्न नयाँ योजना बनाएको छ। यी सुगाहरूले चिडियाखानामा आउने मानिसहरूलाई गाली गरिरहेका छन्। पार्कले खुलासा गरेअनुसार व्यवस्थापनले ती सुगाहरूको भाषा सुधार गर्न ९२ अन्य सुगाहरूका साथ आठ वटा फोल-माउथ अफ्रिकन खैरो सुगाहरू राख्नेछन्। पार्कका प्रमुख कार्यकारी स्टीभ निकोल्सले सीएनएनलाई भने, ‘म आशा गर्छु, यसो गर्दा बथानको सामान्य आवाज बाहेक, उनीहरूको गाली पूर्ण रूपमा बन्द हुनेछl’ उनीहरूलाई लैजान आउँदा सुगाहरू राखिएको बाकसबाट गालीगलौजको आवाज मात्रै आएको उनले बताए।
उनले भने, ‘तर, केही गडबड भयो भने बाँकी ९२ सुगाले पनि गाली गर्न सिक्ने सम्भावना छ। हामी यो अनौठो प्रयोगको साथ चीजहरू ठीक गर्न प्रयास गर्दैछौं।’ अफ्रिकी खैरो सुगालाई संसारको सबैभन्दा बुद्धिमान चरा मध्ये एक मानिन्छ। उनीहरुमा कुनै पनि कुराको नक्कल गर्ने अनौठो सीप हुन्छ। सन् २०१९ हार्वर्ड अध्ययन अनुसार अफ्रिकी खैरो सुगा पाँच वर्षको मानव बच्चा जस्तै बुद्धिमान हुनसक्छ। निकोलसले भने, ‘यी मध्ये छहवटा सुगाहरू पुरुषको स्वरमा र दुईवटा महिलाको स्वरमा बोल्छन्। तिनीहरू सबैले गाली गर्दा यो साँच्चै फोहोर लाग्छ।’ यी आठ मध्ये पाँच (बिली, एल्सी, एरिक, जेड र टायसन) २०२० मा चर्चामा आए जब उनीहरूलाई चिडियाखानाका आगन्तुकहरूलाई गाली गरेको कारण अलग गरियो। जब यी पाँच चरालाई कोरोना भाइरसको बेला सँगै क्वारेन्टाइनमा राखिएको थियो। त्यति बेला उनीहरूले एकअर्कालाई यस्ता शब्दहरू सिकाए। कोरोनापछि चिडियाखानामा आउने मानिसहरू उनीहरूको भाषा सुनेर नराम्रो मान्नुको सट्टा छक्क पर्न थाले र हाँस्न थाले। परिणामस्वरूप यी पाँच वटा सुगाले यो भाषा अरू तीनवटा चराहरूलाई सिकाए। बाँकी तीनको नाम एरिक, क्याप्टेन र शीला हुन्। निकोलस विश्वास गर्छन्, ‘यो प्रयोगमा जोखिम छ तर हामी प्रयास गरिरहेका छौं। लिंकनशायरले चिडियाखानाको वरिपरि चेतावनी सन्देशहरू पोस्ट गरेको छl मानिसहरू कृपया सुगाको गाली सुनेर नहाँस्नुहोस् अनि यसो गर्मं प्रोत्साहन नदिनुहोस्l’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *