रेलिंग च्याम्पियन्स ट्रफीः जर्जियन युनाइटेड एफसी च्याम्पियन

IMG-20240126-WA0235.jpg

२६ जनवरीः रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको चौथो सीजनमा कालेबुङको जर्जियन युनाइटेड फूटबल क्लब च्याम्पियन भयो। बिहीवार खेलिएको फाइनल म्याचमा जर्जियन युनाइटेडले सुकनाको टीम आयुष फूटबल क्लबलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सोनम शेर्पा (पेनल्टी), प्रणय राई र कप्तान प्रवीण सुब्बाले गोल गरे। यसरी आयुष फूटबल क्लबबाट राम राईले गोल गरे। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसको साथमा सेमिफाइनलमा हार्ने दुवै टीमलाई ५०-५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

संक्षिप्तमाः
च्याम्पियनः जर्जियन युनाइटेड एफसी
रनरअप्ः आयुष एफसी, सुकना
हाईएस्ट स्कोररः राम राई (आयुष एफसी)
प्लेयर अव् द म्याचः प्रवीण सुब्बा (जर्जियन युनाइटेड)
प्लेयर अव् द टुर्नामेण्टः अनित राई (आयुष एफसी)
बेस्ट गोलकीपरः सचिन सुब्बा (जर्जियन युनाइटेड)
फेयर प्ले ट्रफीः रंगीत भेल्ली, भाह तकभर

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *