भारत-फ्रान्सबीच रक्षा, अन्तरिक्ष, उपग्रह प्रक्षेपण औ विनिर्माणसित सम्बन्धित विषयहरूमा सहमति

65b26c81151df-20240125-251320321-16x9.jpg

नयाँ दिल्ली: फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंको भारत यात्रा अवधि दुई देशमाझ रक्षा, अन्तरिक्ष,उपग्रह प्रक्षेपण, विनिर्माण एवं अन्य क्षेत्रहरूसित सम्बन्धित विषयहरूमा सहमति भयो।

फ्रान्सका राष्ट्रपतिको भारत यात्राको सन्दर्भमा आयोजित विशेष पत्रकार वार्तामा विदेश सचिव विनय मोहन क्वात्राले शुक्रवार बताए, भारत-फ्रान्स रक्षा उत्पादन सहयोगमा रोडम्याप, रक्षा अन्तरिक्ष साझेदारी,उपग्रह प्रक्षेपण अनि टाटाद्वारा एयरबस एच १२५ तथा एच १३० हेलिकप्टर उत्पादन, स्वास्थ्य, सार्वजनिक प्रशासन अनि आगामी वर्ष २०२६ लाई भारत-फ्रान्स नवाचार वर्षकोरूपमा मनाउने जस्ता मुद्दाहरूमाथि सहमति भएको छ।

विदेश सचिवले बताए, फ्रान्सका राष्ट्रपतिसित ४० सदस्यीय प्रतिनिधिमण्डल भारत आएको छ। प्रतिनिधिमण्डलमा विदेश, रक्षा एवं सांस्कृतिक मन्त्रीहरू सामेल छन्। यसबेला विदेश मन्त्री डा. एस जयशङ्करले आफ्ना फ्रान्सेली समकक्ष स्टीफन सेजर्नसित भेट गरिरहेका छन्। उनले बताए, आज राष्ट्रपति म्याक्रोंले नयाँ दिल्लीमा गणतन्त्र दिवसको परेड हेरे। राष्ट्रपति द्रौपदी मुर्मूले साँझ राष्ट्रपति म्याक्रोको सम्मानमा राजकीय भोज आयोजन गरेकी छन्।

यसपूर्व गए बिहीवार जयपुरमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले राजस्थानको समृद्ध अनि जीवन्त संस्कृतिको अनुभव गरे। उनले अम्बर, किल्ला, जन्तर मन्तर अनि हावा महलको भ्रमण पनि गरे। त्यसपछि जयपुरमै प्रधानमन्त्री र राष्ट्रपतिमाझ रात्रिभोजमा सीमित बातचित भयो।

उल्लेखनीय छ, रणनीतिक साझेदारको रूपमा भारत औ फ्रान्सले कतिपय क्षेत्रीय एवं वैश्विक मुद्दाहरूमाथि उच्चस्तरको समानता साझा गर्दछ। यस वर्ष भारत-फ्रान्स रणनीतिक साझेदारीको २५औं वर्षगाँठ मनाइरहेको छ। प्रधानमन्त्री गत वर्षको १४ जुलाईमा पेरिसमा आयोजित ब्यास्टिल परेडमा सम्मानित अतिथिका रूपमा उपस्थित भएका थिए। राष्ट्रपति म्याक्रोंले विगत ९-१० सेप्टेम्बरमा जी-२० शिखर सम्मेलनको लागि भारतको दौड़ाह गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *