मालीको सुनखानी दुर्घटनामा ७३ जनाको मृत्यु

IMG-20240126-WA0223.jpg

नयाँ दिल्ली: अफ्रिकी देश मालीमा सुनखानी भत्किँदा ७३ जनाको मृत्यु भएको छ। दुर्घटनापछि तत्कालै शुरु गरिएको उद्धार कार्य शुरु अहिले रोकिएको छ। दुर्घटनामा मृत्यु भएका ७३ जनाको शव निकालिएको छ। माली सरकारले मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार माली अफ्रिकाका अति गरिब देशहरूमा गनिन्छ। यहाँ सुनको ठूलो खानी रहेको छ। मालीमा पैह्रोका कारण खानी भत्किनु सामान्य कुरा हो। तर, लामो समयपछि यति ठूलो संख्यामा मृत्यु भएको छ। यहाँको खानीमा काम गर्ने मजदुरहरुले धेरै समस्या भोग्नु परेको छ। दुर्घटना पछि माली सरकारले एक विज्ञप्ति जारी गरी खानीमा काम गर्नेहरूलाई अपील गरेको छ। सरकारले खानीमा संलग्न कामदारलाई सुरक्षा सामग्री उपलब्ध गराउनु पर्ने बताएको छ। मालीको खानी क्षेत्रमा क्यानाडाको ब्यारिक गोल्ड, बीटुगोल्ड, अष्ट्रेलियाको रिजोल्युट माइनिङ, इंग्ल्याण्डको हमिङबर्ड रिसोर्सेसलगायत धेरै विदेशी कम्पनीहरूले कब्जा गरेका छन्। मालीमा वर्षौंको राजनीतिक अस्थिरताको बावजुद यी कम्पनीहरूले यहाँ खानी उत्खनन जारी राख्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement