भागोप्रमो सियाेक गाेपालधारा ओकाइटी समष्टिको सियाेक गुरूङ गाउँ शाखा कमिटी गठन

IMG-20240126-WA0220.jpg

मिरिक: भारतीय गाेर्खा प्रजातान्त्रिक माेर्चा सियाेक गाेपालधारा ओकाइटी समष्टिले सांगठनिक गतिविधिलाई तीब्रता दिन्दै सियाेक गुरूङ गाउँ शाखा कमिटी गठन गरिएकाे छ। भागाेप्रमाे समष्टि अध्यक्ष समीर राई, युवा शक्ति मिरिक महकुमा अध्यक्ष एंव जीटीए मिरिकका जनसम्पर्क अधिकारी विवेक गाेले, पञ्चायत समिति सदस्य राेशनी सुब्बाकाे विशेष उपस्थितिमा गठन गरिएकाे भागाेप्रमाे सियाेक गुरूङ गाउँ शाखा कमिटिमा अध्यक्ष किरण राई, उपाध्यक्ष विरात गुरूङ, सचिव सुरेश राई, सह सचिव आयुष राई, काेषाध्यक्ष सुदेश गुरूङ लगायत ३० जनालाई कार्यकारी सदस्यकाे रूपमा चयन गरिएकाे छ। नव गठित शाखा कमिटिले क्षेत्रमा भागाेप्रमाेलाई बलियाे बनाउन साथै क्षेत्रलाई विकासकाे मार्गमा अग्रसर बनाउने प्रतिबद्धता प्रकट गरेकाे बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement