भारतीय मानव अधिकार एशोसिएसन, खरसाङद्वारा ७५औं गणतन्त्र दिवस पालन

IMG-20240126-WA0218.jpg

खरसाङ: भारतीय मानव अधिकार एशोसिएसन खरसाङद्वारा खरसाङको कार्यालयमा ७५औं गणतन्त्र दिवस पालन गरिएको छ। एशोसिएसनका प्रमुख प्रभारी ज्योतिकुमार मुखियाले दिएको जानकारी अनुसार बिहान ८:३० बजे कार्यालयमा एशोसिएसनका सदस्यहरुले महात्मा गान्धीको तस्वीरमा माल्यार्पण साथै खादा अर्पण गरे। एशोसिएसनका सह-प्रभारी सरोज चौहानले राष्ट्रिय गीतको साथमा राष्ट्रिय ध्वज फहराएका थिए। ज्योति मुखियाले थप भने कि भारतीय संविधानले मानव अधिकारको रक्षा गर्दछ। त्यही मानव अधिकारको रक्षा गर्न हेतु एशोसिएसन स्थापित भएको हो। खरसाङ यूनिटले विगत दुई वर्षदेखि स्थानीय मानिसहरूमाझ मानव अधिकारमाथि सचेतना कार्यक्रम, मानव अधिकार हननमाथि कार्वाही, महिला उत्पीडन, बाल सुरक्षामाथि कार्य गर्दै आएको छ। मानिसको अधिकारको सुरक्षा नै मानव अधिकारको काम हो चाहे त्यो परिवार होस् या समाज। अधिकार व्यक्तिगत होस या सामाजिक। अधिकार वाक स्वतन्त्रताको होस या सूचना प्रवाहको होस्। मुखियाले थप भने कि मानव अधिकार एशोसिएसन समाजमा अधिकार बहाली गर्न एक्लै होइन सामूहिक रूपमा कार्य गर्न चाहन्छ। हामी व्यवस्थासँग मिलेर साधारण जनतालाई सरकारी, पञ्चायत, नगरपालिकाका योजनाहरुको जानकारी दिलाउने कार्यदेखि लिएर समस्याको समाधान गर्न सम्म कार्य गर्नेछौं। हामी सकरात्मक वकालतीमा विश्वास गर्दछौं। गणतन्त्र दिवस कार्यक्रममा सरोज चौहान, सर्वर आलम, तपेश्वर प्रसाद, मिनोती राय, भरत यल्मो अनि सुमित प्रसादको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement