जलपाइगढी: ७५औं गणतन्त्र दिवस जलपाइगढीमा पनि भव्यताका साथ मनाइयो। यस अवसरमा शुक्रबार जपाइगढी जिल्ला प्रशासनले विभिन्न कार्यक्रम आयोजना गरेको थियो। आज बिहान जिल्ला मजिस्ट्रेट शमा परवीनले जलपाइगढीको टाउन क्लब मैदानमा राष्ट्रिय झण्डा फहराएर कार्यक्रमको उद्घाटन गरे। कार्यक्रममा जिल्ला पुलिस र प्रशासनका विभिन्न निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। परेड सहित विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छ। परेडमा सहभागी पुलिसलाई जिल्ला अधिकारीले बधाई दिएका थिए। कार्यक्रममा उनीहरूले खुल्ला आकाशमा रंगीन बेलुनहरू छोडेका थिए। त्यसपछि नगरका विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।










