वीरगञ्ज: नेपालमा चीनको बढ्दो हस्तक्षेपको विरोधमा वीरगञ्जमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले नेपालमा चीनको निवेश र ऋण जालको विरोधमा जुलूस निकालेर नाराबाजी गरे।
प्रदर्शनकारीहरूको नेतृत्व गरिरहेको राष्ट्रिय विद्यार्थी परिषदका संयोजक विवेक कुशवाहाले आज भने, चीनको आर्थिक सहयोग कार्यक्रम बीआरआई परियोजनाले देश ऋणजालमा फसिरहेको छ र देशमा आर्थिक संकट बढ्दै गइरहेको छ। जुन नेपाल जस्तो सम्प्रभु राष्ट्रको निम्ति राम्रो होइन। चीनले पहिला पोखरा विमानस्थललाई ऋणजालमा फसायो र यसको षडयन्त्र तराई क्षेत्रमा बढिरहेको छ। जसले नेपालको राष्ट्रिय स्वाधीनता खतरामा पर्ने देखिॅंदैछ।
प्रदर्शन वीरगञ्ज माइस्थान मन्दिरबाट शुरू भयो र नगर परिक्रमापछि घण्टाघर पहुगेर सभामा परिणत बन्यो, जहॉं वक्ताहरूले चीन र नेपाली शासकहरूलाई निशाना बनाए। उनीहरूले भने, नेपालमा चीनको सक्रियता अप्रत्याशित रूपमा बढिरहेको यसमा कुनै दुईमत छैन। आर्थिक सहयोगको नाममा चीनले नेपालको स्वाधीनता नष्ट गरिरहेको छ। यसको प्रतिकार गर्नु प्रत्येक नेपाली नागरिकको कर्तव्य हो।










