सिक्किमका शिल्पकार जोर्डन लेप्चालाई पद्मश्री पुरस्कार

sikkim-artisan-lepcha_202401284488.jpg

गान्तोक: सिक्किमका बाँसको कलाका शिल्पकार जोर्डन लेप्चाले प्रतिष्ठित पद्मश्री पुरस्कार प्राप्त गरेका छन्। गणतन्त्र दिवसको अवसरमा लेप्चाको नाम पद्मश्री पुरस्कारको लागि घोषित गरिएको छ।

उत्तर सिक्किमको मंगन जिल्ला अन्तर्गत अप्पर जङ्गु निवासी ५० वर्षीय जोर्डन लेप्चाले विगत २५ वर्षदेखि बाँसको शिल्पकारका रुपमा लेप्चा जनजातिको सांस्कृतिक सम्पदाको संरक्षण गर्दै परम्परागत बुनाईको पुरातन शिल्पको संरक्षणमा पुऱ्याएको योगदानको फलस्वरूप भारत सरकारले उच्च नागरिक सम्मान पद्मश्री दिने घोषणा गरेको हो।

लेप्चाले विगत २५ वर्षदेखि लेप्चा टोपी र बाँसको शिल्पका एक दक्ष कारीगर र समर्पित प्रशिक्षक बनेर विभिन्न स्थानका १५० भन्दा बढी युवाहरूलाई प्रशिक्षण दिइसकेका छन्, जसमध्ये धेरैजनाले आफ्नै बाँस शिल्प स्थापना गरेर व्यवसायी पनि बनेका छन्। जोर्डन लेप्चा एकजना सीमान्त किसान र सिकर्मी रहेर परम्परको संरक्षण गर्दै सिक्किमका आदिम जनजाति लेप्चाको टोपी बुनाइमा दिएको योगदानका लागि पद्मश्री पुरस्कार प्राप्त भएको हो।

About Author

Advertisement