सोरेङमा ई-वेस्ट कलेक्शन युनिट र लिटल फ्री लाइब्रेरीको उद्घटन

n5776563561706260792633d3da7150a70f9db3bd71d3889bcf767bcd1b0f03006f02230b838a9493816e1a.jpg

सोरेङ: देशको ७५औं गणतन्त्र दिवसको अवसरमा सोरेङ जिल्ला प्रशासनिक केन्द्र परिसरमा सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका विधायक आदित्य गोलेले जिल्लाको पहिलो ई-वेस्ट कलेक्शन युनिट र लिटल फ्री लाइब्रेरीको उद्घटन गरे। यस पहलको शुरूवात जिल्ला प्रशासनले गरेको हो।

यस अवसरमा जिल्ला अध्यक्ष तीलादेवी गुरूङ, जिल्लपाल वाईडी योङ्गदा, सल्लाहकारगण, अध्यक्षगण तथा विभिन्न विभागका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

यस पहलको लक्ष्य जिल्लामा सरकारी संगठनहरू र निजी व्यक्तिहरूबाट ई-वेस्ट संकलन गरेर त्यसलाई रिसाइक्लिङको निम्ति पठाउनु रहेको छ। यसरी नै लिटल फ्री लाइब्रेरीको उद्देश्य जिल्लाका मानिसहरूमा पढ्ने संस्कारको विकास गर्नु रहेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *