गान्तोक: सिक्किम उच्च न्यायालयले आज आफ्नो कोर्ट परिसरमा देशको ७५औं गणतन्त्र दिवस मनायो। यस अवसरका सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति विश्वनाथ सोमाद्दरले राष्ट्रिय झण्टा फहराए भने सिक्किम सशस्त्र पुलिसले दिएको गार्ड अफ् अनर ग्रहण गरे। यस क्रममा कोर्ट परिसरमा उपस्थित सबैले राष्ट्रिय गान गाएका थिए।
कार्यक्रममा सिक्किम उच्च न्यायालयकी न्यायाधीश न्यायमूर्ति मीनाक्षी मदन राई, न्यायाधीश भाष्करराज प्रधान, लोकायुक्त अध्यक्ष सेवानिवृत्त न्यायाधीश एपी सुब्बा तथा अन्यहरू उपस्थित थिए।