राजगञ्ज: गणतन्त्र दिवसको अवसरमा राजगञ्जमा म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको छ। राजगञ्ज श्रीसङ्घ क्लबले सन्यासिकता ग्राम पञ्चायतअन्तर्गत गद्रादेखि राजगञ्ज श्रीसङ्घ क्लबसम्म करिब ८ किलोमिटर म्याराथन दौड आयोजना गरेको थियो। राजगञ्जका विधायक खगेश्वर राय र पञ्चायत समितिकी अध्यक्ष रुपाली दे सरकारले राष्ट्रिय झण्डा फहराएर प्रतियोगिताको उद्घाटन गरे। यस सम्बन्धमा क्लबका सदस्य अरिन्दम बेनर्जीले गणतन्त्र दिवसको अवसरमा आज राजगञ्ज श्री संघ क्लबको संञ्चालनमा म्याराथन दौडको आयोजना गरिएको बताए। यस प्रतियोगितामा ११० जना प्रतियोगीले भाग लिएका थिए। यस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कृत गरिएको थियो।








