जलपाईगढी: जलपाईगढी जिल्ला कुहिरोले ढाकिएको छ। दिन बढ्दै जाँदा जलपाईगढीमा कुहिरो झनै बाक्लिएर गइरहेछ। शुक्रबार बिहानैदेखि पूरा जलपाईगढी बाक्लो कुहिरोले ढाकिएको छ। अत्याधिक चिसोका कारण मानिसहरु समस्यामा परेका छन्। जलपाईगुडीको न्यूनतम तापक्रम विगत केही दिनदेखि ८ देखि ९ डिग्रीमात्र रहेको छ। आज जनवरी २६ जिल्लाभरि कुहिरो छ। पूरा जलपाईगढी जिल्ला बाक्लो कुहिरोले ढाकेको छ। सडकमा हेडलाइट बालेर गाडी गुडिरहेका छन्।

बाक्लो हुस्सुका कारण सडकमा चल्ने सवारी चालकदेखि सर्वसाधारणसम्म सबैलाई समस्या भएको छ। बाक्लो कुहिरोसँगै चिसो हावा पनि चलिरहेको छ।








