सिलगढी मेट्रोपोलिटन पुलिस कमिश्नरेटद्वारा गणतन्त्र दिवस कार्यक्रम

IMG-20240126-WA0189.jpg

सिलगढी। सिलगढी मेट्रोपोलिटन पुलिस कमिश्नरेटद्वारा गणतन्त्र दिवस मनाइयो। यस क्रममा सिलगढी महकुमा प्रशासनद्वारा पनि ७५औं गणतन्त्र दिवस मनाइयो। सिलगढी महकुमा शासक प्रियंका सिंहले शुक्रबार बिहान करिब ९ बजे सिलगढी ब्वाइज हाइस्कूलको मैदानमा राष्ट्रिय झण्डा फहराइन्। यस अवसरमा परेड लगायत धेरै कार्यक्रमहरु पनि आयोजना गरिएको थियो। यस दिन सिलगढी ब्वाइज हाइस्कूलका शिक्षकहरू र महकुमा प्रशासनका अधिकारीहरू उपस्थित थिए। दिनभरी नै विभिन्न कार्यक्रम आयोजना गरिएको बताइएको छ भने परेडमा विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ। सिलगढी मेट्रोपोलिटन पुलिसको डिटेक्टिभ विभागले पनि शुक्रबार बिहान करिब ९ बजे कार्यालय अगाडि राष्ट्रिय झण्डा फहराएर गणतन्त्र दिवस पालन गरे। यस अवसरमा डिटेक्टिभ विभागको आईसीले राष्ट्रिय झण्डा फहराएको थियो। यसै क्रममा सिलगढी नगरनिगमको प्रधान कार्यालयमा पनि ७५औँ गणतन्त्र दिवस मनाइयो। सिलगढी नगरनिगमका कमिश्नर सोनम वाङ्दी भुटिया, उपमेयर रञ्जन सरकार र सिलगढी नगरपालिकाका अन्य अधिकारीहरूले शुक्रबार बिहान सिलगढी नगरपालिकाको मुख्य कार्यालयमालराष्ट्रिय झण्डा फहराएर ७५औँ गनतन्त्र दिवस मनाए।

About Author

Advertisement