खरसाङका वैज्ञानिक डा. एकलव्य शर्मालाई पद्यश्री पुरस्कार

IMG-20240126-WA0195.jpg

खरसाङ: भारतको ७५औं गणतन्त्र दिवसमा खरसाङको सन्त मेरिज निवासी वैज्ञानिक एकलव्य शर्मालाई पद्यश्री पुरस्कार प्रदान गरिएको छ। यो खबर पहाड़ र सम्पूर्ण भारतीय गोर्खाहरूको लागि खुशीको खबर रहेको छ। डा. एकलव्य शर्मालाई विज्ञान र इन्जिनियरिङ विधामा भारत सरकारद्वारा गणतन्त्र दिवसको अवसरमा पद्मश्री पुरस्कार २०२४ बाट सम्मानित गरिएको छ।
उनी एक सम्मानित पर्यावरणविद् हुन् जसले हिमालय क्षेत्रको दिगो विकासको दिशामा वैज्ञानिक मूल्याङ्कन, लागू अनुसन्धान र विज्ञान कूटनीतिमा ४० वर्षभन्दा बढी काम गरिरहनुभएको छ। खरसाङ निवासी डा. एकलव्य शर्माले देशको पद्यश्री पुरस्कार पाएपछि खरसाङको विभिन्न संघ संस्थाहरूले खुशी व्यक्त गर्दै शुभकामना दिईरहेका छन्। डा. एकलव्य शर्माले पद्यश्री पुरस्कार प्राप्त गरेपछि दार्जीलिङका सांसद राजु विष्टले पनि गर्व अनुभव भएको भन्दै शुभकामना व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement