मुख्यमन्त्री तामाङले दिए राष्ट्रीय मतदाता दिवसको अवसरमा शुभकामना

IMG-20240125-WA0270.jpg

गान्तोक: राष्ट्रिय मतदाता दिवसको उपलक्ष्यमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले राज्यबासीलाई बधाई एवम शुभाकामना दिँदै युवाहरूलाई आफ्नो विश्वव्यापी मताधिकार प्रयोग गरी राजनीतिक प्रक्रियामा संलग्न हुन आग्रह गरेका छन्।

मतदान प्रक्रियाले एक लोकतान्त्रिक राष्ट्रको आधार बनाउँछ, जनतालाई सही प्रतिनिधिहरू छनौट गर्न सशक्त बनाउँछ। यो संवैधानिक अधिकारलाई विवेकपूर्ण रूपमा प्रयोग गर्न अति नै महत्त्वपूर्ण रहेको उनले बताएका छन्।।

आगामी वर्षहरूमा पनि युवा पुस्ताले निर्वाचन प्रक्रियामा सक्रियतापूर्वक सहभागी भई राज्य र राष्ट्रको हित र सर्वाङ्गीण विकासमा योगदान पुऱ्याउने उनले विश्वास व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement