शिव मन्दिरमा पथराव ममताको भाषणकै कारण भएको हो: स्मृति ईरानी

27d1abdde1a11384a48ae10066dd6721.webp

काेलकाता: केन्द्रिय महिला एवं बाल विकास मन्त्री स्मृति ईरानीले बिहिवार पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीमाथि तीखो हमला गरिन्। उनले ममतामाथि बंगालका अल्पसंख्यक समुदायलाई हिन्दुहरू विरूद्ध भड्काउने गरेको आरोप लगाइन्।

उनले भनिन्, जुन दिन अयोध्यामा रामललाको प्राण प्रतिष्ठा भएको थियो, त्यस दिन ममताले अल्पसंख्यक समाजलाई हिन्दूहरू विरूद्ध उक्साउने प्रयास गरेकी थिइन्। इरानीले हावडामा मिडियाकर्मीहरूसॅंग कुराकानी गर्दै स्थानीय शिव मन्दिरमा पथरावको उल्लेख गर्दै भनिन्, शिव मन्दिरमा पथराव ममताको भाषणकै कारण भएको हो।

उनले अझ भनिन्, ममतालाई मोदीसॅंग द्वेष छ, यो कुरा बुझ्न सकिन्छ तर भगवानको अपमान किन गरिरहेकी छन्? उनले यस प्रश्नको जवाफ दिनुपर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement