ड्रग्समुक्त समाजको नारासँगै स्लो रन म्याराथन

160af6d9-17f5-47ed-a71b-fac893af66f7

बीरपाड़ाः अलिपुरद्वार जिल्ला परिषदका कर्माध्याक्ष विशाल गुरुङको पहल अनि मनोकामना सोसियल वेलफेयर अर्गनाइजेशनको सहयोगितामा तुलसीपाडा चियाबारीदेखि लङ्कापाड़ास्थित छोटो पहाड़ इको पार्कसम्म ७ किलोमीटरको स्लो रन म्याराथन सम्पन्न भयो। उक्त अवसरमा अलिपुरद्वार जिल्ला पुलिस अधीक्षक आईपीएस वाई. रघुवंशी लगायत बीरपाड़ा थानाका आईसी पाल्जोर भोटिया, सीआई मुरारी मोहन साहा, लङ्कापाड़ा आउटपोस्टका प्रभारी बलय सरकार, नयन दास एवम् अन्यान्य समाजसेवीहरूको उपस्थिति रहेको थियो।
मूलत: वर्तमान युवा पीढीलाई नशामुक्त भएर बाँच्न अनि शिक्षासँगै शारीरिक स्वास्थ्य कायम गर्न खेलकूदतर्फ पनि ध्यान दिनुपर्ने सन्देश दिनलाई यो स्लो रन म्याराथनको आयोजना गरिएको जानकारी युवा समाजसेवी तथा अलिपुरद्वार जिल्ला परिषदका कर्माध्याक्ष विशाल गुरुङले दिएका छन्। म्याराथनमा प्रथम, दोस्रो र तेस्रोलगायत सबै सहभागी धावकहरूलाई पुस्कार र टिफिन प्रदान गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *