बन विभागद्वारा दुईवटा आरबीएम लादिएको ट्र्याक्टर जफत

7dd1635c-56f6-4fa9-a184-e76b2c421ff2

कालचिनीः बक्सा ब्याघ्र प्रकल्पको पूर्व डिभिजनका रेन्ज अफिसर र मोबाइल रेन्जका बनकर्मीहरूले एउटा विशेष अभियान चलाएर दुईवटा आरबीएम लादिएको ट्र्याक्टरलाई जफत गरेको छ। बक्सा ब्याघ्र प्रकल्प पुर्व डिभिजनका डीएफडी देवाशीष शर्माले जनाएअनुसार, उत्तर रायडक रेन्ज अन्तर्गत तुरतुरी खण्डको मैनाबारी नदीमा दुईवटा ट्र्याक्टरलाई बिना अनुमति आरबीएम लादिएको देख्दा बनकर्मीहरूले दुईवटै ट्र्याक्टरलाई जफत गरेको बताइएको छ भने चालक ट्र्याक्टरलाई छोडेर टाप कसेको जनाएका छन्। दुई ट्र्याक्टरलाई जफत गरिएको छ भने ट्र्याक्टरको मालिक चिन्हित गरेर नोटिस पठाइने बन विभागले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement