ममता एक्लै चुनाउ लड्ने बारे सोधिएको प्रश्नलाई अधीरले गरे बेवास्ता

Screenshot_20240125_212955_WhatsApp.jpg

कोलकाता/सिलगढी। कंग्रेसका वरिष्ठ नेता तथा विपक्षी दलका लोकसभा नेता अधीर रञ्जन चौधरीले इन्डिया गठबन्धनबाट तृणमूल सुप्रीमो तथा मुख्यमन्त्री ममता ब्यानर्जीले अलग लोकसभा चुनाउ लड्ने घोषणाको बारेमा बेवास्ता गरे। भारत जोडो न्याय यात्राको सिलसिलामा पश्चिम बंगालको सिलगढी पुगेका अधीरले यस सम्बन्धमा पत्रकारहरूले सोधेका प्रश्नहरूको जवाफ दिन अस्वीकार गरे। उनले यसबारे केही नबोल्ने बताए। यति मात्र होइन, तृणमूल नेता तथा राज्यसभा सांसद डेरेक ओब्रायनले पनि भाजपाको बारेमा बोलेको आरोपलाई अस्वीकार गरेका छन्। यससँगै उनले पश्चिम बंगालमा कंग्रेसको भारत जोडो न्याय यात्रा निर्धारित समय अनुसार नै हुने बताए। भारत जोडो न्याय यात्रा २८ जनवरीमा सिलगढी पुग्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement