नोएडा: नोएडाको एउटा काण्डले निक्कै हलचल मच्चिएको छ। जहाँ चारजनाले ११ वर्षीया बालिकासँग अश्लिल कार्य गरेर सिउँदोमा सिन्दुर हालिदिए। घटना सार्वजनिक भएपछि पुलिस कार्यालयमा हलचल मच्चिएको छ। पुलिसले आरोपीको खोजी शुरु गरेको छ। बालिकाकी आमाले चार जनाविरुद्ध सेक्टर–२० पुलिस थानामा उजुरी दिएकी छिन्। यो घटना नोएडाको सेक्टर २७ को हो। गए राति ११ वर्षीया बालिकासँग चारजनाले अश्लील कार्य गरेर बालिकाको सिउँदोमा सिन्दुर भरेर फरार भए। यो घटनापछि परिवार त्रासमा छाएको छ। सुनुवाइका अनुसार आरोपी रोहित र शैलेन्द्र बाहेक उनीहरुका दुई सहयोगी यस कार्यमा संलग्न छन्। पीडित परिवारका अनुसार छोरी घरबाहिर खेलिरहेकी थिइन्। एक्कासी छोरीको आवाज आएपछि सबैजना घरबाट निस्किए। त्यसपछि केटाहरू त्यहाँबाट भागे। परिवारका सदस्यले बालिकालाई सेक्टर २० पुलिस थानामा लगेर एफआइआर दर्ता गराए। आरोपीलाई पक्राउ गर्न सीसीटीभी फुटेज स्क्यान भइरहेको छ। पुलिसले आरोपीहरुलाई छिट्टै पक्राउ गर्ने दाबी गरेको छ। पुलिस मीडिया प्रभारी पंकज कुमारले बताएअनुसार सेक्टर-२७ मा बस्ने एक महिलाले थाना सेक्टर-२० मा उजुरी दर्ता गराएअनुसार रोहित, शैलेन्द्र र दुईजना अज्ञात व्यक्तिले गए राती आफ्नो ११ वर्षीया छोरीलाई जबरजस्ती तानेर बाहिर लागे अनि सिउँदोमा सिन्दुर हालिदिए।









