दुष्कर्म गरेर भागेका आरोपी खोरीबारीबाट पक्राउ

IMG-20230528-WA0320-5-300x172-8

गान्तोक: गान्तोक सदर पुलिसले दुष्कर्म गरेर भागेका आरोपीलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी विल्सन कार्कीको रूपमा पुलिसले चिन्हित गरेको छ भने उनलाई हिजो पश्चिम बंगालको खोरीबारीबाट पक्राउ गरेको हो।

उल्लेखनीय छ, गत १८ जनवरीको दिन आरोपीले एक २२ वर्षीय युवतीसँग दुष्कर्म गरेपछि गान्तोकबाट भागेका थिए। उक्त आरोपीलाई पश्चिम बंगाल पुलिस र सिक्किम पुलिसको संयुक्त पहलमा पानी ट्याङकी नजिक खोबीबारीबाट पक्राउ गरेर सिक्किम ल्याइएको छ। आरोपी कार्की खोरीबारीको एक होटलमा कार्यरत थिए। पुलिसले आरोपीविरूद्ध मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement