गान्तोक: सिक्किम सरकारका मुख्य सचिव भीबी पाठकले आज यहाँको टाशीलिङ सचिवालयमा विभिन्न विभागका अधिकारी अनि कर्मचारीलाई राष्ट्रिय मतदाता दिवसको शपथ ग्रहण गराए। मुख्य सचिवले भारत देशको लोकतान्त्रिक परम्परागत स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको गरिमा कायम राख्ने र हरेक निर्वाचनमा धर्म, वर्ण, जात, समुदाय, भाषा तथा कुनै प्रलोभनको प्रभाव नपर्ने गरी निर्भय भई मतदान गर्ने शपथ ग्रहण गराए। यस अवसरमा मुख्य सचिवको साथमा विभिन्न विभागका सचिव अनि अन्य शीर्ष अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो। उल्लेखनीय छ, भारतको निर्वाचन आयोगको स्थापना दिवसको अवसर पारेर वर्ष २०११ देखि प्रत्येक २५ जनवरीको दिन राष्ट्रिय मतदाता दिवस पालन गरिने गरेको छ।









