ब्राइट स्पोर्टिङ क्लब एघारौं शहीद गोल्ड कपको सेमी फाईनलमा प्रवेस

IMG-20240125-WA0235.jpg

खरसाङ: बेलबारी एफसी नेपाललाई हराउँदै ब्राइट स्पोर्टिङ क्लब खरसाङमा भईरहेको एघारौं शहीद गोल्ड कपको सेमी फाईनलमा प्रवेस गरेको छ। बिहीबार खरसाङको चानबारी खेल मैदानमा भएको खेल ब्राइट स्पोर्टिङ क्लब र बेलबारी एफसी नेपालमाझ भएको थियो। यस क्वाटर फाईनल खेलको पहिलो हाफमा खेल गोलरहित खेल बराबारीमा रहेको थियो। दोस्रो हाफको १२औं मिनटमा ब्राइट स्पोर्टिङ क्लबको जर्सी नम्बर ३ दावा लामाले सुन्दर गोल गरेका थिए। यही गोल नै अन्त्यमा गरेर निर्णायक साबित भएको छ। एक गोल खाएर बेलबारी नेपालले पनि पूरा गोल गर्ने प्रयास गरेका थिए। दुवै टिमबाट लगातार रूपमा आक्रमन गरिरहे पनि गोल हुन सकेन अनि अन्त्यमा ब्राइट स्पोर्टिङ क्लबले १-० को अन्तरले बेलबारी एफसी नेपालालाई पराजित गर्दै एघारौं शहीद गोल्ड कपको सेमी फाईनलमा प्रवेस गरेको छ।

यस म्याचमा गोलकर्ता गर्ने ब्राइट स्पोर्टिङ क्लबको जर्सी नम्बर ३ खेलाड़ी दावा लामा म्यान अफ् द म्याच चयन भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement