दार्जिलिङ: दार्जीलिङ पुलिसद्वारा दशौं अनि बाह्रौं श्रेणीको बोर्ड परीक्षाहरूमा उच्च अंक ल्याएर उत्तीर्ण भएका विभिन्न विद्यालयहरूका विद्यार्थीहरूलाई सम्मान जनाएका छन्। यस अवसरमा दार्जिलिङ पुलिसद्वारा १४६ जना विद्यार्थीहरुलाई प्रमाणपत्र अनि केही उपहारहरू प्रदान गरी सम्मान जनाएका छन्। यस अवसरमा उत्तर बंगालको आईजी देवेन्द्र प्रकाश सिंह लगायत दार्जिलिङ पुलिस अधीक्षक डा. सन्तोष निम्बलकरको बाहुलीबाट जिल्लाभरिमा उत्कृष्ट अंक ल्याएर अब्बल दर्जामा उत्तीर्ण हुने विद्यार्थीगणलाई सम्मान गरिएको छ। विद्यार्थीहरूलाई सम्मान गरिएको कार्यमा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै अतिरिक्त जिल्ला पुलिस अधीक्षक (एएसपी) प्रार्थ घोषले आज हामीले दार्जिलिङ जिल्ला अन्तर्गत पर्ने विभिन्न स्कूलहरूका नानीहरू जसले दशौं अनि बाह्रौं श्रेणीको पश्चिम बंगाल बोर्ड, आईसीएसई र सीबीएसई बोर्डबाट उच्च अंक ल्याएर उत्तीर्ण भएका अब्बल विद्यार्थीहरूलाई सम्मान जनाएको बताएका छन्। उनले नानीहरूको परिश्रम र मेहनतलाई दार्जिलिङ पुलिसद्वारा सम्मान गरिएको र यस अवसरमा सबै स्कूलका प्राचार्यहरू, आइजी, डीआरडीसी लगायत अन्य पुलिस अधिकारीहरू उपस्थित रहेको जानकारी गराएका छन्।









