गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय मतदाता दिवसमा विशेषगरी युवाहरूलाई आफ्नो सार्वभौमिक मताधिकार प्रयोग गर्न र राजनीतिक प्रक्रियामा सामेल हुन सन्देश दिएका छन्। मुख्यमन्त्रीले आज राष्ट्रिय मतदाता दिवसको अवसरमा आफ्नो फेसबुक पेजमार्फत सबै नागरिकहरू, विशेषरूपमा युवाहरूलाई यस्तो सन्देश दिएका छन्।
उनले भनेका छन्, मतदान प्रक्रियाले एक लोकतान्त्रिक राष्ट्रको आधार बनाउॅंछ, जसले मानिसहरूलाई सही प्रतिनिधि चयन गर्ने अधिकारी दिॅंदछ। यस संवैधानिक अधिकारको विवेकपूर्ण तरिकाले उपयोग गर्नु महत्वपूर्ण छ। मुख्यमन्त्रीले आगामी वर्षहरूमा युवा पीढी चुनावी प्रक्रियामा सक्रिय रूपमा सहभागी बन्ने तथा राज्य अनि राष्ट्रको कल्याण र समग्र विकासमा योगदान दिनेछन् भनी आशा व्यक्त गरेका छन्।









