फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों भारतको दुई दिवसीय भ्रमणमा

q53sfob_emmanuel-macron-amber-fort_625x300_25_January_24.jpg

जयपुर: फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों भारतको दुई दिवसीय भ्रमणमा बिहीवार अपरान्ह अढ़ाई बजे जयपुर आइपुगे। म्याक्रो पेरिसदेखि दिल्ली गएर सोझै जयपुर आएका हुन्।

जयपुर हवाईअड्डादेखि उनी सोझै आमेर किल्ला पुगे। यहाँ उनलाई राजस्थानी रीति-रिवाज अनुसार स्वागत गरियो। यस अवधि विदेशमन्त्री एस जयशङ्कर र राजस्थानकी उपमुख्यमन्त्री दीया कुमारी पनि उपस्थित थिए।

आमेर किल्लमा म्याक्रोले विद्यार्थहरूसित भेट गरे। उनले यहाँ राजस्थानको पारम्परिक कच्छी घोड़ी लोक नृत्य अनि राजस्थानका कलाकारहरूद्वारा बनाइएको चित्रकलाको अवलोकन गरे। यस अवधि उनले कलाकारहरूसित बातचित गरे अनि कलाकारहरूको प्रशंसा पनि गरे। यसपूर्व जयपुर हवाईअड्डामा विदेशमन्त्री एस जयशङ्कर र राज्यका मुख्यमन्त्री भजनलाल शर्माले म्याक्रोंलाई स्वागत गरे। हवाईअड्डादेखि म्याक्रों सबैभन्दा पहिला आमेर किल्ला पुगे। यहाँ लगभग दुई घण्टा बिताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *