हैदराबाद, २५ जनवरीः आयोजक भारतले आफ्ना स्पिनरहरूको प्रभावशाली प्रदर्शनपछि ओपनर यशस्वी जयसवालको अविजित अर्द्धशतकीय ईनिंग्सको दममा पहिलो टेस्ट म्याचमा इंग्ल्याण्डमाथि पहिलो दिन नै दबाउ सृष्टि गन्यो। बिहीवार राजीव गाम्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिंग रोज्ने इंग्ल्याण्डको पहिलो ईनिंग्स २४६ रनमा समाप्त भयो। भारतको तर्फबाट ८ विकेट स्पिनरहरूले हासिल गरे। जवाफमा भारतले पहिलो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा कप्तान रोहित शर्मा (२४ रन) को रूपमा एकमात्र विकेट गुमाएर ११९ रन बनायो। युवा ओपनर जयसवाल ७६ रनमा अविजित छन्। उनले ७० बल खेलेर नौवटा चौका र तीनवटा छक्का लगइसकेका छन्। यसरी शुभमन गिल १४ रनमा अविजित छन्। यसरी भारत अहिले पहिलो इनिङ्सको आधारमा १२७ रन पछि रहेको छ जबकि हातमा अझ ९ विकेट बाँचेको छ। रोहितलाई ज्याक लिचले आउट गरे। भारतको तर्फबाट जयसवाल र रोहितले मिलेर आक्रामक मिजासमा खेल्दै पहिलो विकेटको निम्ति १२.२ ओभरमै ८० रनको साझेदारी गरे। रोहित आउट भएपछि जयसवालले गिलबाट असल साथ पाए अनि यी दुईले दिनको अन्तसम्म भारतलाई थप नोक्सानको सम्मुखीन हुनदेखि बचाए।
यसअघि इंग्ल्याण्डको पहिलो ईनिंग्समा कप्तान बेन स्टोक्सले सर्वाधिक ७० रन बनाए। उनले ८८ बल खेलेर आधा दर्जन चौका र तीनवटा छक्का लगाए। यसबाहेक जनी बेयरस्टोले ३७, बेन डकेठले ३५ र जो रुठले २९ रन बनाए। बेजबल को रणनीति लिएर खेल्ने ईग्ल्याण्डका व्याट्टाहरूले आज खुलेर खेल्ने सक्दो प्रयास गरे पनि भारतीय बलरहरूले लगातार अन्तरालमा विकेट हासिल गरी विपक्षी टोलीको रन गतिमा अंकुशे लगाए। भारतीय बलरहरूमा रविन्द्र जडेजा र रविचन्द्रन अश्विनले ३-३ विकेट लिए। यसरी जसप्रीत बुमराह र अक्षर पटेलले २-२ विकेट बाँड़े। उल्लेखनीय छ, भारत र ईंग्ल्याण्डबीच जारी शृंखलामा जम्मा पाँचवटा टेस्ट म्याच खेलिनेछ ।








