तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टमा राजबारी बिजय

IMG-20240125-WA0261.jpg

खरसाङ: तीनधारेको सत्र माइल बोइसको अयोजनामा मिठाईजाँड़ा खे। मैदानमा भईरहेको तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको बिहीबार भएको खेलमा राजबारी ईलेभेन बिजय भएको छ। बिहीबार दुई नम्बर बोइस र राजबारी ईलेभेनमाझ सम्पन्न भएको थियो। उक्त खेलमा दुई नम्बर बोइसले टस जितेर पहिला ब्याटिङ्ग गर्दै १३ ओभर ४ बलमा सबै विकेट गुमाएर ८० रन बनाएको छ। दुई नम्बरक पक्षमा रोशनले सर्वाधिक २५ रन बनाएका थिए। राजबारी ईलेभेनले १० ओभर ३ बलमा ५ विकेट गुमाएर सिजलै लक्ष्य हाँसिल गरेको छ। राजबारीको पक्षमा सपनले सर्वाधिक ३९ रन बनाएका थिए भनी आयोजक समितिको पक्षमा महेश सुनारले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement