नियुक्ति मामिलामा देवराज र बप्पादित्य हाजिर हुनुपर्ने

IMG-20230410-WA0169-11-300x172-7

कोलकाताः शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा तृणमूल कांग्रेसका चर्चित विधायक एवं गायिका आदिति मुन्शीका पति देवराज चक्रवर्तीसित एक पल्ट फेरि सीबीआईले सोधपुछ गर्ने भएको छ। बिहिवार निजाम पेलेसस्थित सीबीआई अफिसमा उनी हाजिर भए। उनलाई बुधवार नोटिस दिइएको थियो।

सीबीआईका अधिकारीले भने, नियुक्ति भ्रष्टाचार मामिलामा उनको घरको तलाशीपछि धेरै महत्वपूर्ण दस्तावेज जफत भएको छ। यस क्रममा उनीसित पुनः सोधपुछ भइऱहेछ। यस बाहेक यस मामिलामा पक्रा परेदेखि जेलमा बन्द पूर्व शिक्षा मन्त्री पार्थ चटर्जीका खास काउन्सलर बप्पादित्य दासगुप्तालाई पनि बोलाइएको छ। यद्यपि, उनी अहिले पुगेका छैनन्। दुवैको घरमा सीबीआईले तलाशी अभियान चलाएको थियो र धेरै महत्वपूर्ण दस्तावेज जफत गरेको थियो।

केन्द्रिय एजेन्सीका एक अधिकारीले भने, उनको घरबाट टेट परीक्षार्थीहरूको मार्कशीट र नियुक्त शिक्षकहरूको ट्रान्सफरको दस्तावेज भेटिएको छ। निश्चित रूपमा यसलाई शिक्षा विभागको अफिसमा हुनुपर्थ्यो तर यी दस्तावेज उनको घरबाट जफत हुनुको अर्थ नियुक्ति भ्रष्टाचार मामलामा दुवै सामेल हुनु हो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement