२८ जुलाईः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा आज पहिलो दिन नेताजी युथ क्लब, सेभोकको टीमले जीत हासिल गऱ्यो। स्थानीय जोयधर रोय प्राथमिक पाठशाला मैदानमा खेलिएको टुर्नामेण्टको उद्घाटन म्याचमा नेताजी युथ क्लब (एनवाईसी)-ले युनाइटेड सिक्किम फूटबल क्लबको सीनियर टीमलाई २-१-ले पराजित गऱ्यो। आज उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा दिलीप बर्मन (स्पोर्ट्स एमएमआईसी) अनि विशिष्ट अतिथिको रूपमा शोभा सुब्बा (शिक्षा विभाग एमएमआईसी), भारतीय फूटबल टोलीका पूर्व कप्तान भाइचुङ भूटिया, खेलप्रेमी प्यारा सिंह र पूर्व फूटबलर मनजीत सिंह उपस्थित थिए। अब शुक्रवार खेलिने म्याचमा सिलगढ़ी युनाइटेड एफसी र लायन एफसीबीच भिड़न्त हुनेछ।









