शाहजहॉंको घरमा छापामारीपछि ईडीको दाबी, सबै संदिग्ध वस्तुहरू हटाइयो

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः राशन वितरण भ्रष्टाचार मामिलामा केन्द्रिय प्रवर्तन निदेशालय (ईडी) का अधिकारीहरूले बुधवार तृणमूल नेता शेख शाहजहॉंको घरमा खोजी अभियान चलायो। यसै घरमा गत ५ जनवरीमा छापा मार्न आएका ईडी अधिकारीहरूमाथि हिंसक भीडले हमला गरेको थियो।

घटनाको १९ दिनपछि यहॉं फेरि खोजी अभियान चलाइएको थियो, तर ईडी अधिकारीहरूको हात केही लागेन। ईडीका एक अधिकारीले बिहिवार हिन्दुस्थान समाचारलाई १९ दिनमा घरको राम्ररी सफाई गरिएको रहेछ भनी बताए। जुन संदिग्ध वस्तुहरू बरामद गर्न सकिन्थ्यो, त्यसलाई अगावै अन्यत्र ठाउॅंमा शिफ्ट गरिएको उनको भनाइ छ। यद्यपि, जॉंच जारी रहने उनले बताएका छन्।

शाहजहॉंको घरबाट ५०० रूपियॉंको पॉंचवटा पुरानो नोट भेटिएको छ। यसैगरी, गर-गहनाका बिलहरू, रजिस्ट्रीरहित दस्तावेज, फ्लाइट टिकट, वीजा, इन्श्योरेन्स सर्टिफिकेट सम्बन्धित दस्तावेजहरू आदि वस्तुहरू भेटिएका छन्। उल्लेखनीय छ, ईडीले शाहजहॉंको घरमा नोटिस लगाएर उनलाई पॉंच दिनभित्र समर्पण गर्न समय दिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement