खरसाङ: ‘स्वच्छता हाम्रो गौरव’-यसै अन्तर्गत खरसाङ खण्डको सन्त मेरिज-१ ग्राम पंचायत क्षेत्रलाई प्लास्टिकमुक्त बनाउने अभियान चलिरहेको छl ‘आफ्नो गाउँ-घरलाई सफा राखौं, झोडातिर मैला नफ्याँकौ’ नाराका साथ अहिले त्यहाँ प्लास्टिकमुक्त अभियानको कार्य भइरहेको छl सन्त मेरिज-१ ग्राम पंचायतका प्रधान रोशन हाङ्ग सुब्बा र गैर सरकारी संस्था लेट्स गो फाउण्डेशन सिपाहीधुरा चिया बगानको प्रयासमा स्वच्छ भारत मिसनलाई लिएर प्लास्टिक मुक्त अभियानको कार्यक्रम सम्पन्न भयोl यस अभियानअन्तर्गत पंचायत कार्यालयदेखि चटकपुरसम्म तीन किलोमिटर ऱ्याली साथै ‘क्लिन अप ड्राइभ’ र पसल अनि रेस्टुरेन्टहरुमा जनचेतनामूलक कार्यक्रमको आयोजना गरियो। लेट्स गो फाउन्डेसनद्वारा आयोजित यस कार्यक्रममा पंचायत प्रधान, पंचायत सदस्य, पंचायत समितिका सदस्य, पंचायतका कर्मचारीहरूको सहभागिता रहेको थियो। यसका साथै यस कार्यक्रममा आशा कर्मी, आईसीडीएएस, भीसीडी, एसएचजी, दिलाराम फूटबल क्लब, अरिङ्गलेका युवाहरू र दिलाराम आउट पोष्ट (थाना)को सहभागिता रहेको थियोl










