मिरिक खण्ड विकास अधिकारीद्वरा नाै माइल अनि चार नम्बर गाँउकाे भ्रमण

IMG-20240125-WA0246.jpg

मिरिक: मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री माइती,मिरिक पञ्चायत समितिका सदस्य समीर राई अनि पहिला गाउँ स्कूल डाँडा ग्राम पञ्चायत दुईका प्रधान श्रीमती जयन्ती सुब्बाले बिहीबार थर्बु चियाकमान अन्तर्गत नाै माइल अनि चार नम्बर गाँउकाे स्थलगत भ्रमण गरि आम नागरिकसित साेझाे सम्पर्क स्थापित गरे।भ्रमणकाे अवधि उनीहरूले क्षेत्रका मानिसहरूसित जाेगाजाेग गर्दै सरकारले आम नागरिककाेलागि तयार पारेकाे सरकारी सहयाेग र सहुलियतकाे लाभ उठाई रहेकाे छ या छैनबारे जानकारी संग्रह गरे भने लक्ष्मी भण्डार याेजना,स्वास्थ्य साथी कार्ड, वृद्ध भत्ता, शाैचालय,आवास आदिबारे पनि साेधी खाेजी गरेका छन्। उनीहरूलाई स्थानीय मानिसहरूले आ आफ्नाे समस्या र अभाव विस्तृत रूपमा जानकारी गराएका छन्। यस अवसरमा बाेल्दै मिरिक पञ्चायत समिति सदस्य समीर राईले राज्य सरकारले हाल जनहितमा दैलाेमा सरकार अनि गाँउमै समाधान याेजना शुरू गरेर आम नागरिककाे समस्या समधान गर्ने पहल शुरू गरेकाे अनि उक्त याेजनाहरूकाे लाभ आम नागरिकहरूले उठाई रहेकाे छ या छैन भनी बुझ्नकाे लागि पनि आफूहरूले मिरिक खण्ड विकास अधिकारीसित नाै माइल अनि चार नम्बर गाँउकाे भ्रमण गरेकाे जानकारी गराँउदै सबै ठाँउमा नै यस्ता भ्रमण पालाेसित गरिने छ भने।

About Author

Advertisement