१७औं सुकना गोल्ड कप: फाइनलमा पुग्न सफल कालेबुङ पुलिस

photocollage_20241251851679.jpg

सुकना, २५ जनवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको आयोजन अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा जारी सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १७औं संस्करणमा कालेबुङ पुलिसले रोमाञ्चक जीत हासिल गरी फाइनलमा स्थान बनायो। बिहीवार सुकना हाई स्कूल खेल मैदानमा भएको टुर्नामेण्टको दोस्रो सेमिफाइनल म्याचमा कालेबुङ पुलिसले नेपालको रोलिंग क्लबलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट हेमराज भुजेलले ३७औं र ४५औं मिनटमा गोल गरे। यसबाहेक अन्य एउटा गोल प्रयास प्रधानले २४औं मिनटमा गरे। यसरी रोलिंग क्लबबाट रेजिन माझीले चौथो र तुषार विश्वकर्माले २०औं मिनटमा गोल गरे। कालेबुङ पुलिसका गोलकीपर अरुण सुब्बालाई प्लेयर अव् द म्याच चयन गरियो। अब शनिवार खेलिने फाइनल म्याचमा कालेबुङ पुलिस र युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-बीच भिड़न्त हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement