दार्जीलिङ डायनामो र युनाइटेड फेलोशिप एससी-को जीत

२८ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित बेणु सुब्बा प्रीमियर डीविजन लीग फूटबल टुर्नामेण्टको पाँचौं दिन आज भएको म्याचमा दार्जीलिङ डायनामो विजयी भयो। लेबोङको गोर्खा स्टेडियममा भएको म्याचमा दार्जीलिङ डायनामोले टीन्स फूटबल एकाडमीलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सन्दीप, अभिषेक सुब्बा र निशाकर राईले गोल गरे। यसरी नै टीन्स एफए-बाट तेञ्जी शेर्पाले १ गोल गरे। शुक्रवार खेलिने म्याचमा साई र सेण्ट रोबर्टस हाई स्कूलबीच भिड़न्त हुनेछ। यसरी नै सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्आउट फूटबल प्रतियोगितामा युनाइटेड फेलोशिप स्पोर्टिंग क्लबले युनाइटेड ब्रदर्स भेटरन एफसी-लाई ५-०-ले पराजित गऱ्यो। ग्रुप ई-को यस म्याचमा विजेता टीमबाट देवाशिष प्रधान र सुशिलले २-१ गोल गरे। यसबाहेक १ गोल जिग्मी भूटियाले छिराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement