काेलकत्तामा हुने गणतन्त्र दिवस समारोहमा थर्बु हाई स्कूल मिरिकको छात्राहरुले खुकुरी डान्स प्रस्तुत गर्ने

IMG-20240125-WA0241.jpg

मिरिक: काेलकत्तामा हुने गणतन्त्र दिवस समारोहमा थर्बु हाई स्कूल मिरिकको छात्राहरुले खुकुरी डान्स प्रस्तुत गर्ने भएको छ। दार्जिलिङ जिल्लाभरिका विद्यालयहरुलाई प्रतिनिधित्व गर्दै मिरिकको प्रतिष्टित थर्बु हाई स्कूलले उक्त आयोजनमा भाग लिनेछ। जसको निम्ति ब्याण्डसहित प्रशिक्षकहरुको एक टोली हाल काेलकत्तामा छन्। यस अवधि टोलीले तीनवटा रिहर्सल पनि गरिसकेको छ। रिहर्सल खूबै उत्तम भइरहेको मूल प्रशिक्षक निर्मल सिंगरले बताएका छन्। उनै सिंगरको नेतृत्वमा गत साल स्कूलले देशको राजधानी दिल्लीमा आयोजित गणतन्त्र दिवस समारोहमा भाग लिएका थिए। उक्त समारोहमा स्कूलका इसकारलेट मिनिबेट पाइप ब्याण्ड बिजेता समेत भएको थियो। सोही तथ्यलाई मध्यनजर गर्दै ब्याण्डलाई सम्मान जनाएर यो वर्ष भने बिशेष खुकुरी डान्स प्रस्तुत गरिने सिंगरको भनाई छ। सिंगरसहित स्कुलका सह शिक्षक अबिनाश प्रधानको नेतृत्वमा हाल खुकुरी डान्समा भाग लिएका बिस छात्राहरु काेलकत्ता पुगेको हो। गणतन्त्र दिवसमा स्कूलको प्रदर्शन उत्कृष्ट हुने सिंगरको बिश्वास छ। रिहर्सल हेरेर मात्रै पनि आयोजकहरु चकित बनेको बताउँदै सिंगरले खुकुरी डान्स टोलिलाई सहयोगहरु समेत आइरहेको बताए। विशेषगरी यो खुकुरी डान्समा किशोरीहरु मात्रै समावेश गरिएको सिंगरले जानकारी गराएका छन्। यसो गर्नाले किशोरी नानीहरुमा आत्मा विश्वास बढ्ने जसको फाइदा भविष्यमा सम्पुर्ण गोर्खा समाजलाई हुने सिंगरको दिर्घकालिक सोच रहेको छ। निर्मल सिंगरको नेतृत्वमा थर्बु हाई स्कूलले विशेष ख्याति अनि स्यासी कमाइसकेको छ। यस अवसरमा मिरिक थर्बु डुप्टिनको सभासद मिरिस राईले थर्बु हाई स्कूलको विद्यार्थाहरूलाई शुभकामना दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement