सिलगढी। बिहीबार दिउँसो सिलगढीसँग जोडिएको कामराङगुडी क्षेत्रको फ्लाइओभरबाट एक्कासी एकजना महिला हामफाल्दा उक्त महिला गम्भीर घाइते भएकी छन्। घटना बिहीबार उत्तरकन्या नजिकै कामराङगुडी फ्लाईओभरमा भएको हो। दिउँसो ३ बजेतिर एक महिला अचानक फ्लाईओभरबाट तल खसेको बताइएको छ। गम्भीर अवस्थामा उनलाई उपचारका लागि उत्तरबङ्गाल मेडिकल कलेज अस्पताल लगिएको थियो। श्रीमान्–श्रीमतीबीच झगडा भएकोले नै श्रीमतीले फ्लाईओभरबाट हामफालेकी स्थानीय मानिसहरुले जनाएका छन्। यद्यपि घाइते गृहणीको परिचय हुन नसकेको र एनजेपी थानाको पुलिसबलले घटनाको वास्तविक अनुसन्धान सुरु गरेको बताइएको छ।










