मंङ्पु: दार्जिलिङ हिल युनिभर्सिटी झट्ट खोलिन पर्छ भन्दै डीएचयु विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। दार्जिलिङ हिल युनिभर्सिटी झट्ट खोल्नु पर्छ अनि छ महिनादेखि बन्द रहेको अनलाईन क्लास झट्ट शुरु गरिनपर्छ भन्दै दार्जिलिङ हिल युनिभर्सिटीमा अध्यनरत् विद्यार्थीहरु आज मङपू हिल युनिभर्सिटी अघि आई आन्दोलनमा उत्रिएका छन्।
दार्जिलिङमा हिल युनिभर्सिटीका छात्रा बिर्सिका तामाङले दोस्रो सेमिसटारसम्म अनलाई क्लास भईरहेको थियो तर तेस्रो सेमिस्टारमा ६ महीनादेखि अनलाईन क्लाससम्म शुरु नभएको दु:ख ब्यक्त गर्दै सरकारले चाडैं नै अनलाईन क्लास शुरुसंगै जतिसक्दो मङपूमा अवस्थित दार्जिलिङ हिल युनिभर्सिटी खोलिदिने सरकार समक्ष अपील गरेका छन्। मङपू आईटीआई बिल्डिङमा अस्थायीय रूपमा चलिरहेको दार्जिलिङ हिल युनिभर्सिटी सरकारले झट्टभन्दा झट्ट खोलिनुपर्छ भन्दै आजदेखि आन्दोलनमा उत्रिएका विद्यार्थीवर्गले सरकारले डीएचयुमा ताला नै लगाई बसे भोलिको दिनमा गणतन्त्र पद्धतिमा अझ वृहत रूपमा आन्दोलन गर्ने चेतावनी दिएका थन्। विद्यार्थीहरुको निमन्त्रणालाई स्वीकार गर्दै युथ वेलफेयरर अर्गनाइजेसनबाट सुदन गुरुङले पनि डीएचयु पहाडको सम्पत्ति हो अनि यसमा अध्यन्नरत् विद्यार्थीहरुको निम्ति आफुले सकेसम्म आजदेखि शुरु भएको आन्दोलनमा सहयोग गर्ने कुरा बताए। अधिवक्ता बिरेन्द्र रसाईलीले आज दार्जिलिङ हिल युनिभर्सिटी बन्द हुनमा सरकार साथै क्षेत्रीय प्रशासन दायी रहेको बताँउदै डीएचयुको समस्यलाई लिएर आज नै एक समिति गठन गरेर सरकारलाई ज्ञापन चडाइने अनि सरकार ध्यान नदिए पछिबाट कानुनी तौडमा पनि काम कुरा गर्ने कुरा जनाए।
अर्को वक्ता लालीगुराँस समुहबाट सुमेन्द्र तामाङले दार्जिलिङ हिल युनिभर्सिटी झट्ट खोलिनपर्छ भन्दै सरकारले यसलाई नखोले विद्यार्थीहरुको यस आन्दोलनमा पूर्ण सहयोग गर्दै आन्दोलनमा आफू पनि उत्रिने कुरा जनाए।
शिक्षा सघर्ष समितिका आर्यन राईले अब मङपूवासी मेलामा मात्र भुलेर हुँदैन दार्जीलिङ हिल युनिभर्सिटी हाम्रो सम्पत्ति हो र यसलाई झट्टभन्दा झट्ट खोलाउनको निम्ति सम्पूर्ण मानिसहरु जागुरुक रहनुपर्छ डीएचयुको विद्यार्थीहरुको आन्दोलनमामा आफ्नो पूर्ण सहयोग रहेको कुरा जनाए।
डीएचयुका छात्र-छात्राले ६ महीनादेखि बन्द भएको अनलाईन क्लास झट्ट शुरु हुनुपर्छ। डीएचयुको भाईस चान्सलार झट्ट नियुक्त हुनुपर्छ। डीएचयुमा प्रोफेसरहरु अनि कर्मचारीहरुको झट्ट नियुक्त हुनपर्छ भनी नारा लगाउदै मङपूको विभिन्न ठाउँमा पोस्टरीङ गरे। आजको कार्यक्रममा दार्जिलिङ हिल युनिभर्सिटीमा अद्ध्यनरत छात्र छात्राहरु आसाम, अलिपुरद्वार कुच बिहार,दार्जिलिङ,सिलिगुडी, मिरिक गोरूबथान आदि स्थानहरुबाट २० भन्दा अधिक विद्यार्थीहरु उपस्थित रहेका थिए।

स्मरण रहोस् मङपू जोगीघाटमा ५ सेप्टेम्बर २०१८ को दिन राज्यका मुख्यमन्त्रीले दार्जिलिङ हिल युनिभर्सिटीको शिलान्यास गरेका थिए भने आज पर्यन्त त्यस हिल युनिभर्सिटीको फेनसिङ(बाउन्ड्री)को कार्यसम्म पनि पूरा हुन सकेको छैन भने यस निर्माण कार्यलाई युद्ध स्तरमा गराउन स्थानीय प्रशासनले ध्यान दिन नितान्त अवश्यक रहेको छ।










